ओखलढुंगा,२३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी तालमेल गाउँको विकास र समृद्धिका लागी भएको बताएका छन् । नेपाली कांग्रेस सिद्धिचरण नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले गठबन्धनबीचको चुनावी तालमेलले गाउँको विकासमा सहयोग पुग्ने बताएका हुन् ।
‘हामीले राष्ट्र हितलाई ध्यानमा राखेर चुनावी तालमेल गरेका हौं’, उनले भने,‘ जसरी शान्ति र समृद्धिका लागि गिरीजा प्रसाद कोइराला र प्रचण्डबीच तालमेलबाटै सम्भाव भएको थियो, अहिलेको विकास र समृद्धि पनि एकताबाटै सम्भव हुने देखेर चुनावी तालमेल गरेका हौं ।’ तालमेलले गाउँलाई समृद्धि दिने उने बताए । चुनावी तालमेललाई सधैको लागि पार्टी एकीकरण गरेजस्तोगरी नबुझ्न आग्रह गरे । ‘वैशाख ३० गते एक दिनका लागि केही नसोचि गठबन्धनका उम्मेदवारलाई भोट हालौं, गाउँको समृद्धि र जनताको उन्नति त्यही पाइन्छ ।’
जेठ तीन गते सिद्धिचरण नगरपालिकामा गठबन्धनले चुनाव जितेको समाचार सुन्न पाइने शर्माले विश्वास व्यक्त गरे । जनतालाई कामले सुन्ने खालको विकास ल्याउने हो भने यो गठबन्धनलाई मतदान गर्नुस् उनले भने । ‘कानले सुन्ने खालको मात्रै विकासले पुसग्छ भने केपी ओलीकै पार्टी रोज्नुस’, उनले भने,‘ अहिले पनि विकासका धेरै कामहरु बाँकी रहेकाले आँखाले देख्नेरी विकास गर्न गठबन्धनका उम्मेदवारलाई मत दिनुस ।’ एकता नै बल हो भन्ने ठानेर मिलेर राष्ट्र बनाउने अभियानमा गठबन्धन गरेको उनले बताए । नगरपालिकालाई समृद्ध बनाउँनका लागि तेजेन्द्र खनाल र रुपेश शाक्यले गरेको प्रतिवद्धता पुरा गर्ने कुरामा केन्द्रीय सरकारको तर्फबाट भरपुर सहयोग गर्ने विश्वास व्यक्त गरे । नगरको विकासलाई जिबन्त राख्नका लागि गठबन्धनका उम्मेदवारले जित्नु पर्ने उनले बताए ।
केपी ओलीले आफू एक्लै क्वीन्टल र गठबन्धन किलोको ढक भनेको प्रशंग कोट्याउदै उनले भने, ‘हो केपी ओली क्वीन्टल आलु हुन, हामी एक किलो हैन,त्यो भन्दापनि कम एक तोला सुन हौं ।’ जनताले ३० गते कस्को तौल कति भनेर नाप्ने दिन आइसकेको उनले बताए । सिद्धिचरण नगरपालिाको देखिने विकास समृद्धि र नागरिकको उन्नतिका लागि सबै नगरबासीले गठबन्धनका उम्मेदवारलाई भोट दिएर जेठ ३ गते गठबनधनले जितेको सुन्न पाउँ, उनले थपे,‘ तेजेन्द्र खाना र रुपेश शाक्यलाइ जिताउँनुस हामी नगरको विकासमा कुनै कमी हुनदिने छैनौं ।’
