• ट्रेण्डिङ्ग :
बेलवासेलाई ५० हजार राशिको‘नइ देरुनीख गौरव पुरस्कार’ 

बेलवासेलाई ५० हजार राशिको‘नइ देरुनीख गौरव पुरस्कार’ 


  • 8.8K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    बेलवासेलाई ५० हजार राशिको‘नइ देरुनीख गौरव पुरस्कार’ 


    काठमाडौं १, जेठ । नइ प्रकाशनले साहित्यकार एवं पत्रकार ठाकुर बेलवासेलाई ५० हजार राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’प्रदान गर्ने भएको छ । २०४९ साल देखि साहित्य साधनामा लागेका बेलवासे  रेडियो र टेलिभिजन पत्रकारितामा समेत लोकप्रिय मानिन्छन् । 

    images

    नेपाली कविता सहित्यमा स्थापित कवि बेलवासेका ४ वटा कविता कृति प्रकाशित छ्न। उनले राष्ट्रिय कविता  महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गरेका छ्न । यस्तै  बेलवासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ । बेलवासेले मोती पुरस्कार,क्षेत्रीय प्रतिभा पुरस्कर,स(सिद्दि राष्ट्रिय प्रतिभा पुरस्कार,भोग्यप्रसाद शाहा राष्ट्रिय पत्रकारिता पुरस्कर ,लुनकरणदास(गांगादेवी चौधरी प्रतिभा पुरस्कर लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् ।
    बेलवासेले हालै  नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले प्रदान गर्ने ‘राष्ट्रिय पत्रकारिता पुरस्कर९२०७८’समेत प्राप्त गरेका छन् । 

    यस्तै प्रकाशनले सुनगाभा विशेषज्ञ प्रा.डा.पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार  लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् ।

    त्यसैगरी प्रकाशनले बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’, काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’र तेस्रोलङ्गी  शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’प्रदान गर्ने भएको छ ।यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    साथै प्रकाशनले मिस नेवा सुश्री  महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने  भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # नइ देरुनीख गौरव पुरस्कार

  • तेस्रो आँखा
    लेखकबाट थप