• ट्रेण्डिङ्ग :
नवौं राष्ट्रिय खेलकुद पछाडि धकेलिन सक्ने

नवौं राष्ट्रिय खेलकुद पछाडि धकेलिन सक्ने


  • 10.3K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    नवौं राष्ट्रिय खेलकुद पछाडि धकेलिन सक्ने

    काठमाडौं ३, जेठ । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद यसै महिनाको जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो ।

    images

    तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने देखिएकाे छ । यसकारण दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

    नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।
     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय खेलकुद परिषद्

  • तेस्रो आँखा
    लेखकबाट थप