काठमाडाैं,३ जेठ । सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । अध्यक्षमा कांग्रेसका जिल्ला उपसभापति कमल तामाङ विजयी भएका हुन । उनले एमालेका इन्द्रबहादुर खड्का (सुनिल)लाई १ हजार २ सय ५२ मतले पछि पार्दै तामाङ विजयी भएका हुन् ।
तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् । उनी जिल्लाका लोकप्रिय युवा नेता हुन । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् ।
उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याइन् । सुनीता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन भने एमालेकी तारा कार्की प्रदेश कमीटी सदस्य हुन ।
