• ट्रेण्डिङ्ग :
घोराही उपमहानगरपालिकामा नेकपा एमाले  विजयी

घोराही उपमहानगरपालिकामा नेकपा एमाले  विजयी


  • 9.4K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    घोराही उपमहानगरपालिकामा नेकपा एमाले  विजयी

    काठमाडाैं,५ वैशाख । दाङको घोराही उपमहानगरपालिमा नेकपा एमाले  विजयी भएकाे छ ।   १३ वडाअध्यक्षसहित एमालेले मेयर र उपमेयर जितेको हो। सत्ता गठबन्धनका संयुक्त उम्मेदवारहरूलाई हराउँदै एमालेका पोलिटब्युरो सदस्य नरूलाल चौधरीले दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन। उनले ३१७२८ मत प्राप्त गरे। यहाँ सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मा पोखरेल पराजित भए। उनले २६३६८ मत प्राप्त गरे। चौधरीले ५४०२ बढी मत प्राप्त गरि विजय हासिल गरेका हुन्। यहाँ उपमेयर पनि एमालेले जितेको छ।

    images

    एमाले उम्मेदवार हुमाकुमारी डिसी उपमेयर निर्वाचित भएकी छिन्। उनले ३०४०३ मत प्राप्त गरिन्।  सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्री जम्मा ४९ मतान्तरले पराजित भए। उनले ३०३५४ मत प्राप्त गरे। डाँगी २०७४ सालमा कांग्रेसबाट नरूलालसँग मेयरमा भिड्दा दोस्रो भएका थिए। २०७४ सालको निर्वाचनमा घोराहीमा नेपाली कांग्रेसले उपनिर्वाचिनसहित गरी दश वडा जितेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रले तीन वडा जितेको थियो।

    बाँकी ६ वडामा मात्रै एमालेले जितेको थियो। गठबन्धन हुँदा पनि एमालेले शानदार जित हासिल गरेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि घोराहीमा मेयररउपमेयर दुबै एमालेले जितेको थियो । यहाँ गठबन्धन दलहरूमा ठूलो संख्यामा मत बदर हुनुलाई पनि पराजयको कारण मानिएको छ। मेयरमा ५ हजार र उपमेयरमा ६ हजार जति मत बदर भएको छ। मतदाता शिक्षाको कमीका कारण बदर मतको संख्या यतिधेरै पुगेको जानकारहरू बताउँछन्।

    दाङका दशमध्ये हालसम्म एमालेले जितेको यही एउटा पालिका मात्रै हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको घोराहीमा एमालेले शानदार जित निकालेसँगै दिउँसो पोखरेलकै उपस्थितिमा विजय र्‍याली निकालिने उक्त पार्टीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह

  • तेस्रो आँखा