• ट्रेण्डिङ्ग :
नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी


  • 5.7K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

    काठमाडाैं,५ वैशाख । नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्। नगरपालिकाको मेयरमा कांग्रेसका कुन्साङ लामा र उपमेयरमा माओवादी केन्द्रका रत्न बहादुर लामा विजय भएका हुन्। कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत ल्याई नगरप्रमुख निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमाले काभ्रेका सचिव समेत रहेका राजन भूर्तेलले ५ हजार ८२२ मत पाए।

    images

    लामाले दोब्बर अर्थात् ५ हजार ३८९ बढी मतले एमालेका भूर्तेललाई पराजित गरेका हुन्। त्यस्तै माओवादी केन्द्रका रत्न बहादुर लामाले १ हजार ६४४ मत अन्तरले एमालेका उम्मेदवार सम्झना लामालाई हराएका छन्। लामाले ८ हजार १८७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लामाले ६ हजार ५४३ मात्र मत ल्याइन्।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोही नगरपालिकाको मेयरका उम्मेदवार नवराज सत्यालले ८५ ल्याउँदा उपमेयरकी उम्मेदवार प्रमिला मैनाली प्रसाईले १४६ मत पाएकी छन्। नगरपालिकाको ११ वडामध्ये कांग्रेस ५, एमाले ३ र माओवादी केन्द्र २ वडामा विजय हुँदा एक वडामा भने स्वतन्त्र उम्मेदवार प्रेमबहादुर तामाङ ५५६ सहित विजय भएका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप