काठमाडाैं,६ जेठ । गत वैशाख ३० मा भएकाे स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये हाल सम्म छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम आएकाे छ । बाँकी एक सय १९ काे धमाधम गणना भइरहेकाे निर्वाचन आयाेग नेपालले जनाएकाे छ । तीन दिन भित्र सबै स्थानीय तहकाे मत गणना सक्न मातहत निकायलाइ आयाेगले निर्देशन गरिसकेकाे छ ।
अहिलेसम्मकाे परिणाममा नेपाली कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले पालिका प्रमुखमा २८३ सिट जितेको छ । कांग्रेसले अझै ४३ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १७७ पालिका जितेको छ । २० पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले १११ पालिका जितेको छ भने ११ पालिकामा अग्रता लिएको छ ।
अन्यले २४ सिट जित्दा ९ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्रसँगै राप्रपा अगाडि छन् । नेमकिपा पनि समेटिएको छ । जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले १८ सिट जित्दा १७ मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ ।
उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २५६ सिट जित्दा ४५ सिटमा अगाडि रहेको छ । एमालेले १९९ सिट जित्दा ३२ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले ११८ सिट जित्न सफल भएको छ भने ८ सिटमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा २ सिटमा अगाडि छ ।
जनता समाजवादी पार्टीले १८ सिट जित्दा १५ सिटमा अगाडि रहेको छ । अन्यले १५ सिट जित्दा ४ सिटमा अगाडि रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट जित्दा ४ सिटमा अग्रता लिएर अगाडि बढेको छ । अहिले ११० पालिकाको मतगणना भइरहेको छ । नौ पालिकाको गणना हुन बाँकी छ ।
