• ट्रेण्डिङ्ग :
विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी

विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी


  • 7.8K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी

    काठमाडाैं,६ जेठ ।  नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी भएका छन् । विदुरमा भएको सत्ता गठबन्धनबीचको तालमेल दुबै पदमा सफल भएको छ । 
    निर्वाचन आयोगका अनुसार मेयरका उम्मेदवार नेपाली काँग्रेसका श्रेष्ठले १५ हजार ८२६ मत पाएर विजय हासिल गरेका छन् भने माओवादी केन्द्रकी प्रभाले १२ हजार ८६० मत पाएकी छन् ।

    images

    नुवाकोटको तुप्चेकी प्रभाव बोगटी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् । मतपरिणामअनुसार प्रभावले उपमेयरमा एमालेकी अम्बिका पौडेललाई हराएकी हुन् । अम्बिकाले ११ हजार ९९५ मत पाइन् । यस्तै श्रेष्ठले एमालेकै सञ्जु पण्डितलाई हराएका हुन् । सञ्जु १२ हजार १५४ मत ल्याएर पराजित भए । 


    तेस्रो आँखा
    लेखकबाट थप