• ट्रेण्डिङ्ग :
केशव स्मथापित र सिर्जनाकाे प्रतिष्पर्धा, बालेन निकै अगाडि

केशव स्मथापित र सिर्जनाकाे प्रतिष्पर्धा, बालेन निकै अगाडि


  • 7.5K
    SHARES
    • जेठ ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    केशव स्मथापित र  सिर्जनाकाे प्रतिष्पर्धा, बालेन निकै अगाडि

    काठमाडौं,७ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिए । 

    images

    उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले  १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् । मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ । 


    यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले  ५ हजार ४८७ मत पाएका छन् ।  यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप