• ट्रेण्डिङ्ग :
लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला

लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला


  • 6.5K
    SHARES
    • जेठ ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    लम्कीचुहा नगरपालिकाको मेयर र  उपमेयरमा  महिला

    काठमाडाैं,७ जेठ । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् ।

    images

    कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए । उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप