• ट्रेण्डिङ्ग :
धनगढी उप–महानगरपालिकाकाे मेयरमा स्वतन्त्रको जित 

धनगढी उप–महानगरपालिकाकाे मेयरमा स्वतन्त्रको जित 


  • 6.4K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    धनगढी उप–महानगरपालिकाकाे मेयरमा स्वतन्त्रको जित 

    कैलाली,८ जेठ । धनगढी उप–महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।

    images

    सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् ।

    उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् । प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।


    तेस्रो आँखा
    लेखकबाट थप