• ट्रेण्डिङ्ग :
सुडानमा चरम खाद्य संकट

सुडानमा चरम खाद्य संकट


  • 7.8K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    सुडानमा चरम खाद्य संकट

    एजेन्सी, ९ जेठ । सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।

    images

    यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ । सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको  द्धन्द्ध पनि रहेको छ ।

    साथै यहाँका नागरिकमा आन्तरिक द्धन्द्ध र आर्थिक अवस्था पनि जोडिएको छ । त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाइ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुडान

  • तेस्रो आँखा
    लेखकबाट थप