• ट्रेण्डिङ्ग :
काठमाडाैंमा १७ हजार ९०६ मत अन्तरले बालेन्द्र अगाडि

काठमाडाैंमा १७ हजार ९०६ मत अन्तरले बालेन्द्र अगाडि


  • 10.6K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    काठमाडाैंमा  १७ हजार ९०६ मत अन्तरले बालेन्द्र अगाडि

    काठमाडाैं,९ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

    images

    सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् । तर सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् । काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप