काठमाडाैं,१० जेठ । धरान उपमहानगरपालिकमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग मेयर बनेका छन् । मध्य पूर्वी नेपालको ठूलो शहर धराम उपमहानगरपालिकामा निर्वाचित भएका साम्पाङ्गले आफूले अरु जनप्रतिनिधि भन्दा फरक काम गरेर देखाउँने घोषण गरेका छन् ।
धराने जनताले दिएका अभिमतलाई शिरमा राखेर जनताको सेवा गर्ने भन्दै उनले राज्यबाट पाउने तलव सुविधा बाहेक एक रुपौयापछि तलमाथि नगर्ने बताए । निर्वाचित भएपछिको पत्रकारहरुसँग कुरा गर्दै उनले घोषणा स्थानीय निर्वाचन २०७९ को सबै भन्दा स्पष्ट,शक्तिशालि,प्रभावकारि र क्रान्तिकारी घोणण भएको भनेर सार्वजनिकरुपमा चर्चा चुलिएको छ ।
