काठमाडौं, १० जेठ । हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबार देखि हरेक हप्ता प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयमा औपचारिक जानकारी गराइएको हो ।
युवा हाँस्यव्यङ्ग्यकलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपि वान बाट हरेक बुधबार बेलुका ८ बजे पश्चात आउने भएको छ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै महजोडीले उक्त कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरे ।
रन्जना न्याैपाने
