• ट्रेण्डिङ्ग :
कागेश्वरी मनाेहराका मेयर कार्कीको पहिलो निर्णय : ज्येष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य सेवा

कागेश्वरी मनाेहराका मेयर कार्कीको पहिलो निर्णय : ज्येष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य सेवा


  • 8.6K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    कागेश्वरी मनाेहराका मेयर कार्कीको पहिलो निर्णय : ज्येष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य सेवा

    काठमाडाैं,१० जेठ ।  कागेश्वरी मनाेहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेका छन् । उनले पदभार ग्रहण गर्दै पहिलो बैठकमा घर घरमा नै स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउँने निर्णय गरेका हुन् ।  

    images

    मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोप सेवा समेत घरमै पुर्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरबासीलाई स्वस्थ खानेपानीको सुनिश्चितता गर्न कागेश्वरी मनोहरा बृहत खानेपानी आयोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास (ECD) कक्षाहरुलाई समान स्तरमा सञ्चालन गर्नलाई शैक्षिक सामग्री र पूर्वाधारयुक्त बनाउने कार्कीले निर्णय गरेका छन् ।

    चुनावमा उत्साहपूर्वक सहभागिता जनाएर नेपाली कांग्रेस सहतिको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन सहयोग गरेकोमा सम्पूर्ण नगरबासीलाइ धन्यवाद व्यक्त गर्दै आम मतदाता तथा नगरबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता कार्की कागेश्वरी मनोहरा नगरपालिको भारी मत सहित विजयी भएका हुन ।

    उनले  ११ हजार ३२२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राम शरण ढुङ्गानाले ८ हजार २६३ मत प्राप्त गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका  कृष्ण हरि थापाले ३५५६ मत पाएका छन । कार्की २०७४ को स्थानीय तह निर्वाचनमा ४ सय ८२ मतान्तरले एमालेका कृष्ण हरि थापासँग पराजित भएका थिए । त्यसयता उनि निरन्तर जनताको सेवामा खटेका कारण यसपटक लोकप्रिय मतकासाथ जनताले जिताएका हुन् । 

    dd.JPG