• ट्रेण्डिङ्ग :
फिल्म‘दोख’काे पोस्टर सार्वजनिक

फिल्म‘दोख’काे पोस्टर सार्वजनिक


  • 10.0K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    फिल्म‘दोख’काे पोस्टर सार्वजनिक

    काठमाडौं, ११ जेठ । अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको यो फिल्म रिलिज हुन लागेको हो । फिल्मका निर्माताले बुधबार रिलिज मितिसहित नयाँ अधिकारिक पोस्टर सार्वजनिक गरेका छन् ।

    images

    एक दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेललाई आधार बनाएर दुई गाउँले बीचको मनमुटावलाई फिल्मले चित्रण गरेको छ । सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र विरासत हत्याउन गाउँलेले खेलको माध्यम अपनाउँछन् ।

    राजन कठेत लिखित फिल्मलाई शैलेन्द्र कार्कीले खिचेका हुन् भने  फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगर लगायतको मुख्य भूमिका  रहेकाे छ ।

    ‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा  छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप