• ट्रेण्डिङ्ग :
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका  खाँण,उपप्रमुखमा एमालेकि चौधरी बिजयी

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका  खाँण,उपप्रमुखमा एमालेकि चौधरी बिजयी


  • 8.1K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका  खाँण,उपप्रमुखमा एमालेकि चौधरी बिजयी

    बुटवल, जेठ १३ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतले पराजित गरेका हुन् ।  खांणले २४ हजार ३९६ मत ल्याएर निर्वाचित हुंदा चापागाईंले २३ हजार ६३१ मत ल्याए ।

    images

    त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भइन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन् भने  उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे। तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जितेको छ । यहां १७ वटा वडा रहेका छन् ।

    तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा विस २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

    तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्षहरू :

    वडा न १. फर्सुराम गिरी  एमाले
    २ डिल बहादुर भट्टराई कांग्रेस 
    ३ कल्याण पौडेल कांग्रेस  
    ४ हरि बहादुर क्षेत्री  एमाले
    ५ रमेश डुम्रे कांग्रेस 
    ६ गणेश पाठक कांग्रेस 
    ७ देवी पंगेनी  एमाले
    ८ कृष्ण पौडेल  एमाले
    ९ ध्रुव न्यौपाने कांग्रेस 
    १० गोपाल घिमिरे एमाले 
    ११ बिष्णु बहादुर बराल एमाले
    १२ सहदेव थारु  एमाले                                                  
    १३ नारायण ढकाल कांग्रेस  
    १४ असविन पौडेल कांग्रेस 
    १५ खेमराज गुरुङ  एमाले
    १६ झविलाल भुसाल कांग्रेस 
    १७ दान बहादुर चौधरी कांग्रेस

     


    कल्पना डुम्रे
    लेखकबाट थप