• ट्रेण्डिङ्ग :
हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित


  • 9.3K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

    काठमाडाैं,१४ जेठ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । 

    images

    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन । 

    जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भए ।स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका छन् ।

    स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएको निर्वाचन आयोगको तथ्या.कले जनाएको छ । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित हुनुभएको छ । यी शहरहरुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारले म्रखुखको बाजिमारेका हुन् । 


    तेस्रो आँखा
    लेखकबाट थप