• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचन २०७९ र  त्यसका केही सन्देशहरू

स्थानीय निर्वाचन २०७९ र  त्यसका केही सन्देशहरू


  • 9.4K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    स्थानीय  निर्वाचन  २०७९ र  त्यसका केही सन्देशहरू

    बडो उत्साह र सफलताका साथ बैशाख ३० गते ७५३ वटै स्थानीय तहको मतदान एकै चरणमा सफल भई मत परिणाम समेत सार्वजनिक भइसकेको छ । निर्वाचनको माध्यमबाट सबै पालिकामा प्रायः नयाँ अनुहार नेतृत्वमा आएका छन् भने केही दोहोरिएका पनि छन् ।  महत्वपूर्ण कुरा त के छ भने बहुमत पालिका प्रमुख उप–प्रमुख ४० वर्ष भन्दा कम उमेरका युवा छन् । त्यो एकदमै हर्ष, उत्साह र युवा प्रति समाजको सकरात्मक जिम्मेवारी वहन गर्न उपलब्ध आदेश हो ।

    images

    समाजशास्त्रको दर्शनले भन्छ, समाजको आफ्नै सुस्त मनोविज्ञान हुन्छ । समाजिक मनोविज्ञान बुझ्न कठिन छ । यो कुनै यान्त्रिक उपकरणले मापन गर्न सकिने किसिमको वा परिक्षण उपकरणले मापन गर्न सकिने किसिमको परिक्षण प्रणाली होइन । समाज चाहे विकसित होस वा अविकासित, चाहे शिक्षित होस वा अशिक्षित एक शान्त जवारभाटा आफूभित्र निकै शान्त तवरले संग्रहित गरेर राखेको हुन्छ । समाज एक राज्यको स्थाई प्रतिपक्ष पनि त हो ।

    आसमित आशा र ईच्छाका बावुजुद दिनुहुँ राज्यको नियन्त्रण भित्र बस्दछ । सरकारको शैली दमनकै हुन्छ, हुनुपर्दछ चाहे त्यो प्रशासनिक वा कानूनको माध्यमबाटै किन नहोस् । राज्यको एक वृत पुरा हुन शीर्षमा नागरिक रहन्छन् । नगरिक विनाको राज्य कल्पना गरिदैन । भूगोल, सरकार सर्वभौमसत्ता मात्र भएर भएन, नागरिक अनिवार्य शर्त हुन । नागरिक÷समाज÷समुदाय जुन रूपबाट सम्बोधन गरेतापनि लोकतान्त्रमा प्रतिस्पर्धात्मक रूपबाट नै सरकार बन्ने हो, सञ्चालन हुने हो । वालिग मताधिकारको प्रयोग यीनै शासक वा जनप्रतिनिधि चुन्नमै प्रयोग भएको हुन्छ । 
     

    हालै सम्पन्न भएको “स्थानिय तहको निवार्चन २०७९’’ को परिणाम घोषित हुनै गर्दा केही स्वतन्त्र उम्मेदवारहरू चल्तीका मिडियामा आए । यस अघिका निवार्चनमा पनि स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गरेका त होइनन्, तथापी चर्चा परिचर्चामा चै आएकै थिए । तर आजको अवस्था निकै फरक छ । देशको प्रमुख केन्द्रीय राजधानी काठमाडांैमा करिव ३३ वर्षको ठिटो मेयरको रूपमा अधिक मतले विजयी भए । उनले परम्परागत दलका उम्मेदवार भन्दा निकै बढी मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि निकै पाका उमेरका लामो समय राजनीतिमा खारिएका दलका प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका थिए ।

    नामै तोकेर भन्नु पर्दा २०५४ को स्थानीय निर्वाचनमा केशव स्थापित निर्वाचित हुदाँ सायद अहिलेका वालेन शाह ‘कखरा’ सिक्ने क्रममै थिए होलान । आज २५ वर्ष पछि उनै केशव स्थापित वालेन शाह सँग प्रतिस्पर्धामा थिए भने राजनीतिक घरानाकी सिर्जना सिंहलाई पनि पार्टी अब्बल उम्मेदवारका रुपमा नेपाली कांग्रेस पार्टीले छानेर पठाएका थियो । बालेन साहले यी दुवै नेतालाई धुलो चटाइदिए, उनीहरु पराजित भए । 

    अनुभवी र दक्षताको सवालमा दलीय अन्य उम्मेदवारको कुनै कमी देखिएन, मात्र देखीयोत मतदाता प्रतिको विश्वासको अभाव, आम मतदाताको मत दलको साघुँरो घेराभित्र मात्रै सिमित हुँदैन भन्ने उदाहरण पनि हो यो निर्वाचनको मत परिमाणाम । बाँकी अन्य धनगढी वा धरान उप–महानगरका स्वतन्त्र उम्मेदवारको रोचक किस्सा सामाजिक सञ्जालमा भाईरल भैरहेकै छ । 
     आम नागरिक कसरी नेतृत्वमा आउन सर्घष गर्दछन ? राज्यको तहगत सरकारको संयन्त्रले एक्लो आवाजमाथी कसरी दमन गर्दछ ? भन्ने दृष्टान्त बनेका छन् धरानका मेयर निवार्चित “ हर्क साम्पाङ राई ’’ । स–साना विकासका मुद्दाहरू जन समुदायको स–साना आवाज बोकेर हिड्ने हर्क साम्पाङ आज बुलन्द आवाज भएका छन् ।

    चुनाव जित्नका लागी विशेष प्रतिवद्धता/घोषणापत्र केहि नचाहिने रहेछ, नत ठूलो जुलुश र फजुल खर्च नै ! स्थानियका सामान्य जन जीविकाका सवालबाट नै नेतृत्व तहमा स्थापित हुन सकिदो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् । व्यवसायीक क्षेत्रमा सफल गोपी हमाल अन्ततः यसपालीको निवार्चनमा धनगढी उपमहानगरपालिकाका मेयरको कमाण्ड सम्हाल्न सफल भएका छन् । सुदुरपश्चिमको व्यापारिक नाका धनगढीको आफैमा गौरवशाली राजनीतिक पृष्ठभूमी रही आएको छ ।

    यी त भए निवार्चन अनि निवार्चितहरूको कुरा, नेपाली समाजमा एउटा वर्ग छ । त्यो कस्तो वर्ग हो भने जस्ले बम्बैया फिलिमी शैलीको वकालत गर्दछ । त्यही अनुरूपको रातारातको रूपान्तरण चाहन्छ । जसमाथी सम्भावना देख्दछ, त्यही पात्रलाई देवत्वकरण तत्कालै गिरदिन्छ । आकांक्षा असिमित हुन्छन ! ति असिमित आकांक्षाहरूलाई जब पूर्ण वा मूर्त हुन असम्भव जस्तो मात्रै के हुन्छ, तब त्यही वर्ग चरम विपक्षी बनेर विरोधी बन्दछन् ।

    सामान्य भाषामा भन्ने हो भने खुइल्याउने प्रवृत्ती हावी हुन्छ । यो वर्गको सामना वि.पि.कोईराला देखि २०६३ पछिको गणतान्त्रिक कार्यकालको केन्द्रिय सरकारका अर्थमन्त्री हुदाँ डा.बाबुराम भट्टराईसम्म गरेका यथार्थता हामी माझ प्रयोग भइसकेको छ । यो  वर्गलाई “ईलिट वर्ग’’ वा दबाब समूह/प्रभुत्वो समूह नै हो । जसले मिडियालाई, समाजको सभ्रान्त वर्गलाई, उच्च पदस्तलाई वैचारिक नियन्त्रण राख्न सफल हुन्छन् ।दलीय उम्मेदवार दलप्रति उत्तरदायी हुनु र दल आफ्नो उम्मेदवार प्रति जिम्मेवार हुन सामान्य कुरा हुन् । स्वतन्त्र उम्मेदवारहरू विजयी भएपछि त्यसको माने लिन वा क्रेडिट लिन लुप्त तत्व पछि सकृय हुन्छ । त्यो घातक तत्व हो ।

    स्वतन्त्र उम्मेदवार आफुले पाएको मतभन्दा वढी क्षेत्रका सम्पूर्ण जनप्रति समर्पित हुन सके स्थानीय तहमा स्वतन्त्र व्यक्तित्वले आर्दश कार्य गर्न सक्ने थियो । दलका आफ्नै जन्जाल हुन्छन, स्वतन्त्रका केही तुलनात्मक रूपमा कम हुन्छन् । यस मानेमा पनि स्वतन्त्रलाई केही हदसम्म अवसर प्राप्त छ । आशा गरौ अबका वा १०० दिन पश्चात स्वतन्त्र उम्मेदवारहरुको कदमले पञ्च वषीर्य कार्यकालको नवीनतम् मार्ग तय गर्ने आधारशीला बनोस् , शुभकामना ।


    चुडाराज उप्रेती
    लेखकबाट थप