काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशन प्रयोजनकालागि मुख्य लोगो सार्वजनिक गरेको छ । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन प्रयोजनकालागि ‘उत्साह एकता रुपान्तरण, सफल बनाउन नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने नारा सहित लोगो सार्वजनिक गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
लोगो र नारा सार्वजनिक भएसंगै कांग्रेसले १४ औं महाधिवेशनको प्रचार प्रसारलाई औपचारिकरुपमा तिव्र बढाउने प्रचार—प्रसार विभाग प्रमुख तथा पार्टी प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै, कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख शर्माले जानकारी दिनुभयो । महाधिवेशन अन्र्तगत नेतृत्व चयनकालागि भने भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुुलिस क्लवमा मतदान केन्द्रको व्यवस्था गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।
मतदानकालागि २९ मतपत्र हुने र मतदानकालागि करिब एक घण्टा समय लाग्ने प्रवक्ता शर्माले बताउनुभयो । महाधिवेशनमा ४ हजार बढी प्रतिनिधी सहभागिता हुने छन् । विभागले समाचार संकलनलाई व्यवस्थित बनाउन छुट्टै सुचना केन्द्र स्थापना गर्ने तयारी गरेको छ । प्रवक्ताका शर्माले १४ औं महाधिवेशनको प्रचारलाई भट्कीलो नबाउने बताउनुभयो । सकारात्मक सन्देश जाने खालका सामाग्रीहरु प्रकाश र प्रशारण गर्ने तयारी भएकाले प्रचार—प्रसारलाई भट्कीलो नबनाउने बताउनुभयो ।
