काठमाडौं,१७ जेठ । बलिउड अभिनेता आमिर खानको चलचित्र ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आमिर अभिनेत्री करीना कपूरसँग देखिएका छन् ।
ट्रेलरमा मोना सिंहले आमिर खानको आमाको भूमिका निभाएको देख्न सकिन्छ । यसमा आमिरको भूमिका बच्चादेखि युवा हुँदासम्मको यात्राको बारे देखाइएको छ । चलचित्रमा आमिर र करीनाका साथै नागा चैतन्य,मोना सिंह लगायतले भूमिका निभाएका छन् । चलचित्रको निर्देशन सिक्रेट सूपरस्टार चलचित्रका अद्वैत चन्दनले गरेका छन् । चलचित्र आगामी अगष्ट ११ मा सार्वजनिक गर्ने तयारी छ ।
