• ट्रेण्डिङ्ग :
म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै


  • 7.2K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

    काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिगमा शुक्रबार बिहान दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजकाे खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । 

    images

    भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । 

    यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ । 

    अर्काे खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ ।

    चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ । प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ । 

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • तेस्रो आँखा