महोत्तरी, १६ मंसिर । नेपाली कांग्रेस महोत्तरी–३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो ।
संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी–३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । तिवारीले अधिवेशन भन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान गरेको तर विमलेन्द्र निधी निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले गुण्डा परिचालन गरेको आरोप लगाउनुभयो ।
मनरासिस्वा नगरपालिका–८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्ष कै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । बन्दसत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते हुनुभएको छ ।
