• ट्रेण्डिङ्ग :
तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...


  • 6.8K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

    एजेन्सी, १९ जेठ । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । 

    images

    नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।

    उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै भारतकाे मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप