• ट्रेण्डिङ्ग :
तीनै तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

तीनै तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई सभापति देउवाको निर्देशन


  • 5.8K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    तीनै तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

    काठमाडौं,१६ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

    images

    नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो ।

    पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन उहाँको आग्रह थियो । उहाँले पार्टीको आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया भएको भन्दै आगामी निर्वाचनमा केन्द्रीय हुन आग्रह गर्नुभयो । 

  • सम्बन्धित विषय:

  • # सभापति शेरबहादुर देउवा

  • तेस्रो आँखा