• ट्रेण्डिङ्ग :
चालिसे द्वारा मेट्रो अस्पतललाई २१ हजार सहयोग

चालिसे द्वारा मेट्रो अस्पतललाई २१ हजार सहयोग


  • 9.5K
    SHARES
    • आश्विन १८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    चालिसे द्वारा मेट्रो अस्पतललाई २१ हजार सहयोग

    शरद रेग्मी 

    images

    तुलसीपुर ।

    तुलसीपुर उद्योग  बणिज्य संघका अध्यक्ष चालिसेले मेट्रो अस्पतलको स्तर बृद्धिमा सहयोग पुर्याउन २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
    स्वर्गिय बुवा टंकु प्रसाद चालिसे र आमा बेदि कुमारि चालिसेको स्मृतिमा अध्यक्ष चालिसे र उहाका दाजुहरु झग्गुप्रसाद चालिसे र मिनप्रसाद चालिसेले अस्पतालको स्तरबृद्दिका लागि सो रकम सहयोग गरेका हुन् ।
    तुलसीपुर उधोग बाणिज्य सघले सन्चालन गरको सहयोग रकम सकलन र स्तरबृद्दिको अभियानलाई थप टेवा पुग्ने उदेश्यले सो रकम बाणिज्य सघका कोषाध्यक्ष देबबहादुर केसिलाई हस्तान्तरण गरियको कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए  ।
    यता तुलसीपुर ८ अश्वारामा सन्चालनमा रहेको मेट्रो अस्पतालको स्तरबृद्दि र स्वास्थ्य उपकरण थप गर्नका लागि ९० दिने सहयोग कार्यक्रम तुलसीपुर उधोग बाणिज्य संघको अगुवाईमा हिजो देखि सुरु गरिएको महासचिब बिनिल केसिले जानकारी दिए ।
    जनस्तरबाट रकम संकलन गरि सन्चालन गरिएको मेट्रो अस्पतालको स्तरबृद्दिका लागि सहयोग गर्न सबै पक्षसग तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघले अपिल समेत गरेको छ ।
    यस अघि कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न नगरपालिकाले सहयोगको याचना गरेको थियो । देश बिदेशबाट ठुलो रकम समेत संकलन भयो तर प्लान्ट स्थापना अझै सम्मपनि हुन सकेको छैन ।
    सो समयमा संकलन भयको रकम दिन रात गरि अस्पतालको भौतिक संरचना र प्राबिधिक बिकासमा लगाएर छोटो समयमा नै कोरोना बिशेष अस्पतालको रुपमा सन्चालनमा ल्याईएको थियो ।


    तेस्रो आँखा