• ट्रेण्डिङ्ग :
बङ्गलादेशमा आगलागी, ३८ को मृत्यु

बङ्गलादेशमा आगलागी, ३८ को मृत्यु


  • 9.2K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    बङ्गलादेशमा आगलागी, ३८ को मृत्यु

    एजेन्सी, २२ जेठ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।  

    images

    चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । 

    तीन सयभन्दा बढी घाइते भएको घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ । 

    त्यहाँका दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • तेस्रो आँखा
    लेखकबाट थप