• ट्रेण्डिङ्ग :
बहसमा फोहोर व्यवस्थापन, कहिले होला समाधान ?

बहसमा फोहोर व्यवस्थापन, कहिले होला समाधान ?


  • 12.5K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    बहसमा फोहोर व्यवस्थापन, कहिले होला समाधान ?

    काठमाडाैं,२५ जेठ ।  काठमाडौंमा सबैको साझा समस्याका रुपमा उब्जीएको फोहोर व्यवस्थापन देशकै चुनैतिको पहाड बनेको छ । विगत लामो समयदेखि यसको उचित व्यवस्थापनको व्यवस्थित सोच नबनाउँदा आएको यो समस्या अहिले पनि हल नगर्ने हो भने यसले दिर्घकालिन समस्या निम्त्याइ रहन्छ ।राजनीतिक दलहरुलहरुका लागि चुनावी एजेण्डा बनाइएको फोहोरव्यवस्थापनले ३० लाख काठमाडौंबासी नागरिकलाई पोलेको छ ।

    images

    निति निर्माण तहमा बसेकाहरुलाई यसले कति छुएको छ थाहा छैन्, तर केही साता यस्तै अवस्था रहरिहने हो भने काठमाडौंबासी नागरिक हैजाको सिकार बन्न बाध्य हुनेछन् । अनि काठमाडौंमा फोहोरकै निहुँमा ठूलै युद्ध हुन सक्ने खतरा नजिक छ । यसका लागि समयमै स्थानीय, प्रदेश र संघीय सरकार उचित व्यवस्थापनको खोजी गर्न ढिला गर्नु हुँदैन् । अहिले सडकदेखि सदन सम्म बहसको विषय बनेको फोहोर व्यवस्थापमा सरकारदेखि सरोकारवाला र नागरिककको पनि भूमिका हुनु जरुरी छ । यसलाई बहस गरेर समय खेर फाल्नु भन्दा नागरिकले घरबाटै फोहोरको वर्गिकरण गर्ने, सरकारले व्यवस्थापनका उपायहरु खोज्ने, र सरोकारवाला निकायले समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ ।

    हामी सरकारले काम गरेन भनेर मात्रै बसीरहने हो भने पनि हैजाको सिकार बन्न र युद्ध हुन सक्ने खतरा मोल्न तयार हुनु पर्ने देखिन्छ । मंगबलबार बाट सर्वपक्षीय सहमति गरेर फेहोर उठाउँने थालेको भनीएपनि बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले अवरोध गरेका छन् ।  उनीहरुले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित फोहोर विसर्जनमा अवरोध गरेका हुन् । फोहोर विसर्जनका लागि सरकारले ठूलो मात्रामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको छ । यो समस्याको समाधान हैन् ।  

    बहसमा फोहोर व्यवस्थापन 

    पछिल्लो समयमा काठमाडौंका चोक चोक देखि स्थानीय, प्रदेश र संघीय संसदमा समेत फोहोर व्यवस्थापनबारे बहस हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त कार्यापालिाको पहिलो बैठकको पहिलो एजेण्डा बनाएर तत्काल व्यवस्थापनलाई पूर्णता दिने निर्णय नै गराएका छन् ।  तर किन सकेनन निर्णय कार्यन्वायन गराउँन भन्ने आम नागरिकले प्रश्न गर्न थालेका छन् । फोहोर व्यवस्थापनमा प्रयासरत रहेका शाहले सोचेजस्तो सजिलो पनि त छैन् ।  तर सबैको साझा विषय बन्नु पर्छ काठमाडौं लगायत अन्य शहरहरुको फोहोर व्यवस्थापन ।

    नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या सबैको साझा समस्या भएको बताएका छन् । उनले फोहोरबाट पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त नरहने भन्दै यसको व्यवस्थापनमा सबैले सक्दो सहयोग गर्नु पर्ने बताए ।  उनले भने, ‘फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ, सहयोग गरौं । फोहरको प्रकृति हेरेर वर्गीकरण गरौं । यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो,’ उनले थपे, ‘सरकारले फोहर व्यावस्थापन स्थलका स्थानीयहरूको माग र समस्याहरुको समाधान गरेर तत्काल समाधानको बाटो खोज्नुपर्छ ।’

    नेता पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत् फोहोरमाथिको राजनीति र अर्थशास्त्र डरलाग्दो अवस्थामा रहेको भन्दै फोहोरबाट पर्ने वातावरणीय असरलाई केन्द्रमा राखेर संवेदनशील बन्नुपर्ने आश्यकता रहेको बताए । ‘फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग पनि जोड्ने पहल गरौं । उदाहरणका लागि अहिले प्लास्टिकजन्य फोहोरको मात्रा बढी छ, यसलाई घटाउन यसको विकल्प खोज्न सकिएला,’ पौडेलले भनेका छन्, ‘कुहिने वस्तुहरुलाई मल र ऊर्जामा रुपान्तरण गर्न सकिन्छ । धातु र कागजलगायत वस्तुलाई पुनः उपयोग गर्न सकिन्छ । फोहरभित्रका यी सकारात्मक पक्ष तथा यसको दीर्घकालीन समाधानका विषयमा हाम्रो ध्यान जानुपर्छ ।’ पौडेलले भनेका छन् ।  

    त्यस्तै प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित भइरहेको भन्दै फोहोर उठाउने र व्यवस्थापन गर्नेबारे के काम भइरहेको हो भन्दै प्रश्न सरकारका मन्त्रीलाई प्रश्न गरेका छन् । काठमाडौंको फोहोर उठाउने तालुकदार मन्त्रालय सहरी विकास मन्त्रालय हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संसद्मा जवाफ दिनुपर्ने एमालेका काठमाडौंबाट निर्वाचित सांसद श्रेष्ठको माग थियो । काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा अन्तर्राष्ट्रिय नियोगमा पनि बदनाम भइसकेको उनले संसदबाटै कुरा उठाए ।

    त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी लिनुपर्ने  बताए । प्रतिनिधिसभा बैठकमा उनले भने ‘काठमडौैंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन् । ‘कतिपय स्रोत साधन, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’ उनले कुहिने र नकुहिने फोहोर घरबाट छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई समेत आग्रह गरे ।  

    विज्ञको अध्ययन

    नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले मंगलबार सिसडोल क्षेत्रको रासायनिक र भौतिक वातावरण अध्ययन गरेको छ । नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकाल, वैज्ञानिक टिस्टा प्रसाईं जोशी, अनुसन्धानकर्ताहरू सुनीता श्रेष्ठ, सौरभ भट्टराई, अनिता पन्थीलगायतको टोलीले सिसडोल आसपासको लिचेट (फोहोर रसाएर निस्कने तरल पदार्थ) र गन्ध हटाउनका प्रयोग गर्न सकिने सम्भावित रसायनको अवस्थाको अध्ययन गरेको हो ।

    लिचेट मिसिनुअघि, मिसिएको स्थान र मिसिने स्थानभन्दा ९२० मिटर पर गरी ३ फरक बिन्दुबाट पानीको नमुना संकलन गरिएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए । ‘संकलित नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिचेट मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च छ,’ प्रमुख शाहले उल्लेख गरेका छन्, ‘यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । 

    सिसडोल पुगेको टोलीले गन्धरहित बनाउन चाहिने जीवातुको मात्रा र छर्ने विधि निर्क्योल गरेको महानगरले जनाएको छ । यसका लागि प्रारम्भिक काम तीन दिनभित्र सुरु गर्ने तयारी छ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी वर्गीकरण गरेको फोहोर मात्र उठाउने भएको छ । प्रमुख शाहले कुहिने र नकुहिने फोहोर छट्याएर राख्न महानगरवासीलाई अपिल गरेका छन् ।

    स्थानीय तहको निर्वाचनपूर्व काठमाण्डौलाई फोहोर मुक्त गर्ने एजेण्डा बोकेर चुनाव जितेका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापनको चुनौतिले थिचेको छ । सिसडाेल र बञ्चरेडाँडाका स्थानीयवासीको अवरोधका कारण फोहोर नउठ्दा काठमाडौं एक सातादेखि दुर्गन्धित र प्रदूषित बनेको छ । फोहोर व्यवस्थापनमा काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाह र शहरी विकास मन्त्रालयले निरन्तर प्रयास गरे पनि स्थानीयको अवरोध हटेको छैन ।  

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका

  • जीवन शर्मा
    लेखकबाट थप