• ट्रेण्डिङ्ग :
कांग्रेसकाे अनुगमन प्रतिवेदन: एक सयदेखि पाँच सयसम्मको मतान्तरले ५० स्थानीय तह पराजित

कांग्रेसकाे अनुगमन प्रतिवेदन: एक सयदेखि पाँच सयसम्मको मतान्तरले ५० स्थानीय तह पराजित


  • 5.5K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    कांग्रेसकाे अनुगमन प्रतिवेदन:  एक सयदेखि पाँच सयसम्मको मतान्तरले ५० स्थानीय तह पराजित

    काठमाडाैं,२६ जेठ । स्थानीय तहको निर्वाचन २०७९ मा सबैभन्दा ठूलो दल कांग्रेसले १८ वटा पालिकाको नेतृत्व एक सयभन्दा कम मतान्तरले जितेको छ । स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति मातहतको प्रदीप पौडेल नेतृत्वको अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यो विषय उल्लेख छ । ७५२ मध्ये ३२९ तहको नेतृत्व जितेर कांग्रेसले ४४ प्रतिशत हिस्सा ओगटेको बताएको छ ।

    images

    यसै क्रममा कांग्रेसले उम्मेदवारी दिएकामध्ये १८ पालिकामा १०० भन्दा कम मतान्तरले पालिकाको नेतृत्व जितेको र २७ पालिकाको नेतृत्व एक सय कम मतान्तरले गुमाएको छ । एक सयदेखि पाँच सय सम्मको मतान्तरले कांग्रेस ७७ वटा तहमा विजयी भएको छ भने यही अन्तरले ५० पालिका प्रमुखमा पराजित भएका प्रतिवेदनमा उल्लेख छ। समग्रमा पाँच सय भन्दा कम मतान्तरले ९५ पालिका जित्दा कांग्रेसले ७७ वटा पालिकामा भने निकटतम प्रतिद्वन्द्वी भएर यही पाँच सय भन्दा कम मतान्तरले पराजित भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप