• ट्रेण्डिङ्ग :
दाङमा कुकुर पालन फर्म

दाङमा कुकुर पालन फर्म


  • 15.2K
    SHARES
    • आश्विन १८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 23.4K Views

    दाङमा कुकुर पालन फर्म

    पछिल्लो नेपाली समाज कुुकुर पालन प्रति शौखिन बन्दै गईरहेको छ । घरको रक्षकका रुपमा पालिने गरेको कुकुर अहिले भने रक्षाकवच संगै अति शौखको जनावर बनिरहेको छ । कुकुर पालनका शौखिनहरुले फरक फरक प्रजातीका कुकुरहरु पालेर शौख पुरा गरिरहेको दाङमै पनि ब्याप्तै देख्न सकिन्छ । कुकुर खरिदकै लागि जिल्लाका शौखिनहरु टाढा टाढा सम्म पुग्ने गरेका समेत छन् । कुकुर पालकहरुको शौखलाई मध्यनजर गर्दै घोराहीमै कुकुर पालन फर्म सञ्चालनमा आएको छ ।
     घोराही ९ का सुन्दर शाहले कुकुर पालनको फर्म खोलेका हुन् । गीता बहुउदेश्यि कृषि तथा पशुपंक्षी फर्म मार्फत कुकुर पालन व्यवसाय थालेको शाहले जानकारी दिए ।

    images

    ‘कुकुर पालन प्रति धेरैको शौख बढ्दै जान थाल्यो,कुकुर लिनकै लागि कतिपय मान्छेहरु टाढा टाढा सम्म पुग्नु परेको समेत देख्यौँ,’ शाहले भने ‘यसर्थ कुकुरका उपलब्धता दाङमै सहज होओस् भनेर मैले यो फर्मको सुरुवात गरेको हुँ ।’ उनका अनुसार अहिले कुकुर पालन फर्म सुरुवाती चरणमा छ । 
    गोल्डेन रिभर नामक कुकुरको एकजोडीको पालनबाट उनले कुकुर पालनको व्यवसायि सुरुवात गरेका छन् । ‘मेरो यो व्यवसाय सुरुवाती चरणमै छ,’ शाहले भने ‘अहिले मैले एकजोडी गोल्डेन रिभर नामक कुकुरबाट यो व्यवसायको सुरुवात गरेको छु ।’ उनका अनुसार गोल्डेन रिभर कुकुर को मुल्य २४ हजार देखि ३२ हजार रुपैयाँ सम्म मुल्य पर्छ । ‘यो मुल्यमा हेरफेर गरेर पनि मैले उपलब्ध गराउने छु,’शाहले भने  ।


    यसैगरि उनले अन्य प्रजातीका कुकुर पाल्न ईच्छुकहरुका लागि समन्वयको काम समेत गरिदिने गरेका छन् । ‘मलाई कसैले फल्नो प्रजातीको कुकुर चाहियो भनेर भन्नु भयो भने मैले कुकुर उपलब्ध गराउनका लागि समन्वयको काम समेत गरिदिन्छु,’ उनले भने । 
    यस्तै गीता बहुउदेश्यि कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका शाहले उन्नत जातको बाख्रा पालन व्यवसाय समेत गरिरहेका छन् । उनले  सिरोही अजमेर प्रजातीको बाख्रा पाालन व्यवसाय थालेका हुन् । 


    तेस्रो आँखा