• ट्रेण्डिङ्ग :
कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन :  नाै सय मत खस्यो

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन :  नाै सय मत खस्यो


  • 7.1K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन :  नाै सय मत खस्यो
     
    धनगढी, १८ मंसिर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा नाै मत खसेकाे छ । एक हजार १७ मतदाता रहेको प्रदेशमा मतदान सकिन अझै एक घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिनुभयाे । 

    उहाँकाअनुसार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदान सकिएपछि राति नै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा पछि छलफल गरिनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् । 

    images

    संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् । 

    संस्थापन पक्षबाट प्रदेश उप-सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह-महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

    यस्तै, संस्थापन इतर पक्षबाट उप-सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह-महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

    निर्वाचनबाट एक सभापति, दुई जना उप-सभापति,  एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपांङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।