काठमाडौं, १८ मंसिर । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा मनमुटाव भएपछि वागमती प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ । वागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या १४ पुर्याईएको छ । बागमती प्रदेश सरकारले त्यसका लागि साविकका ८ मन्त्रालयहरु फुटाइएको छ । राजपत्रमा प्रकाशित मन्त्रालय विभाजनसम्बन्धी सूचना अनुसार अब वागमती प्रदेशमा १४ वटा रहने छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सत्तारुढ दलबीच भागण्डा पुर्याउनकै लागि मन्त्रालयको संख्या बढाउनुभएको हो ।
अब वागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिन्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाई, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रलय रहनेछन् । यसअघि वागमती प्रदेशमा ८ वटा मन्त्रालय रहेको थियो । पाण्डे नेतृत्वको मन्त्रिपरिषदलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

