• ट्रेण्डिङ्ग :
वडा अध्यक्ष नविन मानन्धरले विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने

वडा अध्यक्ष नविन मानन्धरले विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने


  • 11.5K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    वडा अध्यक्ष नविन मानन्धरले विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने

    काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिका १७ वडाका वडा अध्यक्ष नविन मानन्धरले नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने घोषणा गरेका छन् । उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारकालागि दुई महिनाको मासिक पारिश्रम ६० हजार आर्थिक सहयोगको घोषणा गरेका हुन ।

    images

    सोहि वडामा रहेको पुरानो सरकारी विद्यालयको अवस्था सुधारकालागि अध्यक्ष मानन्धरले आफ्नो मासिक पारिश्रमबाट रकम हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको वडा सदस्य कविता दासले जानकारी दिइन । विद्यालयले नव निर्वाचित वडा पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष मानन्धरले सरकारी विद्यालयको सुधार भए निजि विद्यालयमा जाने जनशक्तिलाई रोक्न सक्ने बताए ।

    उनले विद्यालयको विकासकालागि वडाले आवश्यक सबै सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । अघिल्लो कार्यकालमा पनि अध्यक्ष मानन्धरले वडाभित्रका सरकारी विद्यालय, अस्पताल लगायतमा आफ्नो मासिक पारिश्रम सहयोग गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप