• ट्रेण्डिङ्ग :
कतारमा विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लाग्याे

कतारमा विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लाग्याे


  • 7.7K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    कतारमा विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लाग्याे

    काठमाडौं, १ असार । कतारमा हुने विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १-० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो । 

    images

    फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा कोस्टारिका परेको छ ।

    कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् । कतारमा हुने विश्वकप २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने छ ।

    २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

    कुन समूहमा कुन टिम ?

    समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

    समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

    समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

    समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

    fifa.jpg

  • सम्बन्धित विषय:

  • # कतार विश्वकप

  • तेस्रो आँखा
    लेखकबाट थप