• ट्रेण्डिङ्ग :
त्रिपुरेश्वरमा  युवकको शव फेला

त्रिपुरेश्वरमा  युवकको शव फेला


  • 5.4K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    त्रिपुरेश्वरमा  युवकको शव फेला

    काठमाडौं,२ जेठ । काठमाडौंको त्रिपुरेश्वरमा गत सोमबार एक जना युवकको शव फेला परेको छ। सोमबार बिहान करिब ६ बजे बारा सिम्रौनगढ नगरपालिका ८ घर भई ललितपुरको सानेपा बस्ने अन्दाजी २२ वर्षीय अभिषेक जैसवालको शव फेला परेको हो।

    images

    आइतबार रातिबाट हराएका उनी सोमबार बिहान त्रिपुरेश्वरको निर्माणाधीन १० तले भवन कम्पाउन्डमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

    उनी राति करिब ९/१० बजे सो भवनमा चढेको सिसिटिभी फुटेजमा समेत देखिएको प्रहरीको भनाइ छ। उनी थापाथलीस्थित इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढ्दै गरेका विद्यार्थी भएको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप