• ट्रेण्डिङ्ग :
नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य


  • 6.7K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

    काठमाडौं,३ असार। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर ब्याटर चल्न नसक्दा भुटानसामु ९४ रनमा सिमित भएको हो ।

    images

    नेपालका लागि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा अन्य भने खासै चल्न सकेनन् पाँचौं क्रममा आएकी काजल श्रेष्ठले नेपालका लागि सर्वाधिक २६ रन बनाइन् ।

    चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् । भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १-१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप