• ट्रेण्डिङ्ग :
नैतिकताको सिमा नाघेका पर्यटन मन्त्री आलेलाई पार्टीले किन फिर्ता नबोलाउँने ?

नैतिकताको सिमा नाघेका पर्यटन मन्त्री आलेलाई पार्टीले किन फिर्ता नबोलाउँने ?


  • 7.7K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    नैतिकताको सिमा नाघेका पर्यटन मन्त्री आलेलाई पार्टीले किन फिर्ता नबोलाउँने ?

    काठमाडाैं,४ असार ।  प्रेम आले आफ्नो व्यक्तिगत आचरणको सवालमा पटकपटक विवादमा तानिएको नाम हो । पर्यटन मन्त्री आले आफ्नो व्यबहारको कारण फेरिपनी चर्चामा आएका छन् । भर्खरै मात्र आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ ।

    images

    गालीगलौचसँगै हातपात समेत गरेपछि उनि विवादमा तानिएका छन् । अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्र्यवहार गरेको प्रष्ट सुनिने अडियो सार्वजनिक भएसँगै उनको नैतिकतामा ठुलो प्रश्न उठेको छ । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ । तर उनी त्यसलाई कुनै असहज नमानी खण्डन गर्न तिर लागेका छन् । के यही हो त उनको नैतिक्ता ? जनजनले प्रश्न उठाएका छन्।  

    गएको फागुन २ गते  राति मन्त्री प्रेम आलेले एक सर्वसाधारण नागरिकलाई टेलिफोन मार्फत अश्लिल गाली गरेको अडियो भाइरल भएको थियो ।  त्यसबेला अछाम घर भई भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो सार्वजनिक भएपछि उनीमाथि चौतर्फी विरोध भएपनि त्यसका बाबजुत मन्त्री आले टसमस नभइ बसे । उनले उक्त अडियोमा अश्लील शब्दको प्रयोग गरेका थिए ।  

    आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरिदिएको त्यतिबेला बताएका थिए । आलेलाई मन्त्री पदबाट नैतिकताको आधारमा राजीनामा दिन दबाव परेको भए पनि उनले मन्त्री पदबाट भने राजिनामा दिएका थिएनन् । सो समयमा उनी वनमन्त्री थिए । 

    आलेको आचरणमाथी नै प्रश्न 

    समाजलाई नेतृत्व गर्दै केन्द्रीय राजनीतिको केन्द्रविन्दुमा रहेका सरकारका मन्त्री यसरी विवादमा तानिनु आफैंमा सुखद विषय होईन । तर उनको यो शैली र पटकपटक विवादमा तानिएको विषयलाई हेर्ने हो भने उनी नैतिकताका आधारमा एक मिनेटपनि सरकारमा बस्नु हुँदैनथ्यो । तर उनी टेरेका छैनन् ।  यो सिधै नेपाली समाजसँग जोडिएको विषय हो । पदीय मर्यादा बिर्सेर राजनीतिक क्षेत्रलाई नै अपरिपक्व र नैतिकताहिन देखाउने यस्ता व्यक्तिलाई जिम्मेवारी भुमिकामा पुर्याउने र त्यसका विरुद्धमा नबोल्ने दल र राजनीतिक नेतृत्वहरु प्रति समाजले के अपेक्षा गर्ने ? अहिलेको मुख्य प्रश्न यो हो ।  

    नागरिकले चुनेर संघीय सरकारको सदस्य बनाएको व्यक्ति यस्तो प्रकृतिको देखिनुले दलहरुकै नैतिकतामाथि पनि प्रश्न उठ्न सक्छद ।  सम्मानित पदमा बहालवालाआलेले यस्ता विषयमा संयमता अपनाउनुपर्ने हो । तर उनी संयमता अपनाउन भन्दा पनि झनै उदण्ड भएर प्रस्तुत भएको देखिन्छ । जुन राजनीतिबाट पर रहेको समुहलाई नेपाली राजनीतिक क्षेत्रलाई अनैतिक साबित गर्ने मौका दिनु हो ।  

    मन्त्री आलेले समाचारमा आएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात नगरेको बताएका छन् । कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने भएकोले आफूले त्यति मात्र गरेको उनको भनाइ छ । विभिन्न गुनासो आएकोले चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी राखेको स्पष्ट पारेका छन् ।

    तर यसरी आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी गालिगलौजमा उत्रेको कारण नै उनी आलोचनाका सिकार भएका छन् । आमनागरिक र सम्मानित पदमा रहेको व्यक्ति बिचमा भिन्नता हुनुपर्ने हो तर आमनागरिक भन्दा पनि सम्मानित पदमा बसेको व्यक्ती नै अमर्यादित बन्नु समाजको लागि सुन्दर पक्ष होइन ।

    यस्तो प्रवृतिले भोलिको दिनमा गलत संस्कार बस्ने देखिन्छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालीको छविमा आच आउने देखिन्छ । तसर्थ यसरी यस्ता विषयमा पटकपटक विवादमा तानिएका र अनैतिक, अमर्यादित व्यक्तिलाई त्यो सम्मानित स्थानमा रहिरहन उनको नैतिकताले दिदैन भने उनको दल नेकपा एकीकृत समाजवादीले पनि आलेलाई तत्काल स्पष्टिकरण सोधेर मन्त्री पदबाट फिर्ता बोलाउन सक्नु पर्दछ । 


    पदम भुजेल
    लेखकबाट थप