• ट्रेण्डिङ्ग :
अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन

अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन


  • 6.2K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन

    काठमाडौं,५ असार । पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनःयातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

    images

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार खसेको पहिराका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप