• ट्रेण्डिङ्ग :
गाँजासहित एक जना पक्राउ 

गाँजासहित एक जना पक्राउ 


  • 4.7K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    गाँजासहित एक जना पक्राउ 

    काठमाडौं,८ असार । पर्साबाट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन् ।

    images

    पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागुऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो ।

    सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप