काठमाडौं, ८ असार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उनले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने बताए । विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उनको भनाइ थियो ।
उनले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने बताइन् ।
