• ट्रेण्डिङ्ग :
राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई टिममा फर्काइने

राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई टिममा फर्काइने


  • 5.8K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई टिममा फर्काइने

    काठमाडौं, ९ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को नव निर्वाचित कार्यसमितिले राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई टिममा फर्काउने निर्णय गरेको छ ।

    images

    सोमबार भएको निर्वाचनबाट चुनिएको कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएका खेलाडीलाई भित्र्याउने निर्णय गरेको हो । एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षणका क्रममा विवाद भएपछि अब्दुल्लाहले सिनियर खेलाडीहरु रोहित चन्द, विमल घर्तीमगर, विशाल राई, अञ्जन विष्ट लगायत खेलाडीलाई टिमबाट बाहिर निकालेका थिए ।

    निष्कासित खेलाडीको पक्षमा बोलेकै कारण तत्कालीन कप्तान किरण चेम्जोङलाई समेत अब्दुल्लाहले बाहिर राखेका थिए । खेलाडी–प्रशिक्षकबीचको विवादको अनुसन्धानका लागि भिक्टोर राणाको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनअनुसार खेलाडीलाई टिममा फर्काउने निर्णय भएको एन्फाले जानकार दिएको छ ।

    प.jpg


    तेस्रो आँखा
    लेखकबाट थप