• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध एमालेका जनवर्गीयसंगठनहरुले आन्दोलन गर्ने

पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध एमालेका जनवर्गीयसंगठनहरुले आन्दोलन गर्ने


  • 6.1K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि विरुद्ध एमालेका जनवर्गीयसंगठनहरुले आन्दोलन गर्ने

    काठमाडाैं, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटका जनवर्गीयसंगठनहरुले उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि, महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।

    images

    बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो । अनेरास्ववियुले पेट्रोलियम पदार्थमा पटकपटक भएको मुल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेको रहेको छ । 

    अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बराल मुल्यवृद्धिले आम नागरिक अक्रान्त भैसकेको उल्लेख गर्दै अहिलको मुल्यवृद्धि जनताले धान्न सक्ने क्षेमता भन्दा बाहिर रहेको बताउछिन् । जनताको मागलाई सम्बोधन गर्न नसक्नेहरूलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको उनकाे भनाइ छ । 

     

     


    तेस्रो आँखा
    लेखकबाट थप