• ट्रेण्डिङ्ग :
अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै व्यवसायी र मजदुर सडक

अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै व्यवसायी र मजदुर सडक


  • 7.5K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै  व्यवसायी र मजदुर सडक

    बिराटनगर,९ असार । बजेटमार्फत परिवर्तन गरिएका करमा संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै पूर्वका उद्योगी, व्यवसायी र मजदुर बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् ।  

    images

    मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)  प्रदेश १, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) प्रदेश १ र समाजवादी ट्रेड युनियन प्रदेश १ ले औद्योगिक क्षेत्र गोकुवा चोकदेखि निमुवासम्म प्रदर्शन गरेका हुन् । 

    अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरेर सीमित उद्योगलाई संरक्षण गर्दै जिआई वायर, वनस्पती घीउ, तेल र सेनिटरी प्याड उद्योगलाई बन्द गर्न बाध्य तुल्याउन करमा परिवर्तन गरेको उद्योगी र मजदुरको आरोप छ । प्रदर्शनका क्रममा अर्थमन्त्री राजीनामा देऊ झुटो अर्थमन्त्री चाहिँदैन नीतिगत भ्रष्टाचार बन्द गर सीमित उद्योगलाई पोस्न पाइँदैन, राज्यको डलर लुटाउन पाइँदैन, अर्थमन्त्री सच्ची देऊलगायतका नारा लगाएका थिए ।

    प्रचण्ड गर्मीमा प्रदर्शनपछि आयोजित कोणसभामा उद्योगी व्यवसायीले अर्थमन्त्री शर्माले सीमित उद्योगसँग अकुत हुण्डी खाएर नीतिगत भ्रष्टाचार गर्दै कर परिवर्तन गरेर अन्य उद्योगलाई बन्द गर्न बाध्य तुल्याएको आरोप लगाए । कर परिवर्तनको विरोधमा उद्योगी र मजदुर जेठ अन्तिम साता पनि सडकमा उत्रिएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप