काठमाडाैं,१० असार । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले भारतको जमिन अतिक्रमण भएको जनाएको छ । उत्तराखण्डको चम्पावतमा भारत–नेपाल सीमामा रहेको भारतको पाँच हेक्टर जमिन नेपालले अतिक्रमण गरेको एसएसबी आरोप लगाएको हो । सीमा मिचिएको विषयमा जानकारी दिँदै सशस्त्र सीमा बल (एसएसबी) का एक अधिकारीले भने, ‘कि फोर्सले यस सम्बन्धमा केन्द्रीय गृह मन्त्रालयलाई रिपोर्ट पठाएको छ ।’
सीमा सशस्त्र बल (एसएसबी) का सहायक कमाण्डेन्ट अभिनव तोमरले भारतीय भूमिमा नेपालको अतिक्रमण हालै नगरेको बताए । उनले भने, ‘यो अतिक्रमण क्षणभरमा भएको होइन’, नेपालको अतिक्रमणको प्रतिवेदन उच्च तहमा पठाइएको छ ।’ अब सर्भे अफ इन्डिया र नेपाल सर्भे अफ नेपालका टोलीले सर्भे गरेर सीमा अतिक्रमणको अवस्था स्पष्ट गर्ने उनको भनाइ छ ।
अर्कोतर्फ, वन विभागका अनुसार जिल्लाको टनकपुर शारदा क्षेत्रसँग जोडिएको भारत–नेपाल सीमानाको शारदा टापुलगायत ब्रह्मदेवका धेरै ठाउँ विगत ३० वर्षदेखि नेपालले अतिक्रमण गरेको आरोप लगाएको छ । टनकपुरका रेन्जर महेश विष्टले सीमा क्षेत्रमा भारतीय वन क्षेत्रमा करिब पाँच हेक्टर रहेको बताए ।
नेपालका पक्की घरसँगै अतिक्रमण भएका ठाउँमा अस्थायी झुपडी र पसलसमेत बनाइएको विष्टले बताए । वन विभागले आफ्नो तहबाट उत्तराखण्ड सरकार र भारत सरकारको गृह मन्त्रालयलाई पनि अतिक्रमणको प्रतिवेदन पठाएको बताएको भारतीय पत्रिका जि न्यूजले समाचार लेखेको छ ।
