• ट्रेण्डिङ्ग :
राजिनामापछि मन्त्री आलेले भने: मेरो कार्यकाल ९० प्रतिशत सफल रह्याे

राजिनामापछि मन्त्री आलेले भने: मेरो कार्यकाल ९० प्रतिशत सफल रह्याे


  • 7.5K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    राजिनामापछि मन्त्री आलेले भने: मेरो कार्यकाल ९० प्रतिशत सफल रह्याे

    काठमाडौं, १२ असार । पदबाट राजीनामा दिएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।

    images

    उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।’ आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गजरे ।

    उनले थपे, ‘असोज २२ गते यसै हलमा आयोजित स्वागत समारोहमा भनेको थिएँ– मेरो अघिपछि लागेर मलाई खुसी पार्न नखोज्नु । नभन्दै त्यस्तै अनुभव भयो । जो कागजमा मात्रै काम गर्थे, तिनीहरू सधैँ प्रेम आलेको निगरानीमा परे । मैले पीँधमा भन्दा टाकुरामा निगरानी गरेँ । आलेले मन्त्रीबाट हटिसकेपछि त्रिभुवन विमानस्थलमा श्रम बजारमा जाने आम नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र दोस्रो विमानस्थल परियोजना सधैँ सम्झिने बताए ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप