• ट्रेण्डिङ्ग :
लन्डनको हेजबाट एक नेपाली युवा बेपत्ता

लन्डनको हेजबाट एक नेपाली युवा बेपत्ता


  • 4.8K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    लन्डनको हेजबाट एक नेपाली  युवा बेपत्ता

    काठमाडाैं,१४ असार ।  लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ ।

    images

    उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ । उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४र२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप