• ट्रेण्डिङ्ग :
पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने


  • 6.6K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने

    काठमाडौं, १९ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो । 

    images

    कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

    उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ । उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारीलगायतको उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # पिपुल्स हाइड्रोपावर
  • # आईपीओ

  • तेस्रो आँखा