काठमाडाैं, १५ असार । आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानको बहुआयामिक महत्वलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६१/६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भएअनुसार यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।
असारको १५ लागेसँगै देशका विभिन्न स्थानहरुमा रोपाइँ सुरु भएको छ । असारको १५ गते विभिन्न स्थानमा गरिएकाअ रोपाइका केहि तस्बिरहरु :








