• ट्रेण्डिङ्ग :
रञ्जु दर्शनाकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा

रञ्जु दर्शनाकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा


  • 7.6K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    रञ्जु दर्शनाकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा

    काठमाडौं, १९ असार । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी छन् । रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् ।

    images

    जसपा अध्यक्ष डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् । २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।




    तेस्रो आँखा
    लेखकबाट थप